Monday, May 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

क्वारेन्टाइनबाट श्रीमतीलाई सन्देश : मेरा लागि जागिर छाड्ने तिमीले सपना भुलेर म सँग आयौ, तिमी महान छौ…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १८, २०७७
in विचार, विविध
0
क्वारेन्टाइनबाट श्रीमतीलाई सन्देश : मेरा लागि जागिर छाड्ने तिमीले सपना भुलेर म सँग आयौ, तिमी महान छौ…
913
SHARES
Share on FacebookShare on Twitter

जन्मदिन भनेको बिशेष दिन हो । जन्मदिन वर्षमा एक पटक आउँदछ र हरेक पटक हाम्रो परिचय देखि म तिमीलाई भेटेरै जन्मदिनको शुभकामना दिने गरेको थिएँ। आज विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगका कारण देश ३७ दिन देखि ‘लकडाउन’ मा छ ।

राति १२ बजेको अलार्म सेट गरेर सुतेको थिएँ । तर, पौने १२ बजे नै निन्द्राले छोड्यो । लकडाउनको बीचमा तिमीलाई भेट्न असम्भव रहेका कारण १२ बज्नासाथ फोन बाटै भने–ह्याप्पी बर्थ डे टु यू मुटु, ह्याप्पी रिटर्न्स अफ दि डेज ।

तिमी निद्रामै थियौ तेसैले धेरै बोल्न उचित लागेन र फोन राखेँ । तर, मलाई निद्रा परेन मनमा विभिन्न कुराहरु खेलिरहे मेरो को हौ तिमी ? हाम्रो पहिलो भेट, माया, झगडा र करिअर यस्तै यस्तै ।

पहिलो भेट  :

लोकसेवा आयोग क्षेत्रीय कार्यालय पोखराको प्राङ्गणमा तिमी आफ्ना साथीहरुसंग खरिदारको फाराम भर्दै थियौ । कुरा ०७१ सालतिरको हुनुपर्छ । मिति गते, बार, ठ्याक्कै दिमागमा याद भएन । तर, त्यो दिन अझै पनि मानसपटलमा स्मृति बनेर घुमिरहेको छ । हामी एक–अर्कासंग नबोलिकन नै परिचित थियौं ।

आँखा जुध्यो बोलचाल भएन २ महिनापछि संयोगबस एउटै परीक्षा केन्द्रमा परियो । लोकसेवामा रुचि भएको म तिम्रो पनि लोकसेवा प्रति रुचि देखेपछि खुशी लाग्यो । सामान्य बोलचाल (प्रश्न उत्तर) यो नै हाम्रो औपचारिक परिचय थियो ।

बिहे अघिका पलहरु :

संगै पढ्ने साथीहरु बीच प्रेम अनि करिअरका सम्बन्धमा भइरहेको छलफलमा मैले साथीहरुकै अगाडि जिस्किएरै भनेँ, तिमी मलाई मनपर्छ ।’ मेरो कुरालाई तिमी लगायत सबै साथिहरुले सामान्य रुपमा नै लिए ।

मैले जिस्किएर भने पनि यही नै प्रेम प्रस्ताव भइदियो । फेरि फूलको गुच्छासहित प्रस्ताव गर्नु परेन ।
हामी निकट भइसकेका थियौँ, केही महिनापछि तिम्रो जन्मदिन आयो ख्याल–ख्यालमा लेकसाइडमा जन्मदिन मनाइयो । शुभकामना दिए उपहार दिनलाइ म संग केही विशेष चिज पनि भएन । अनि एउटा किताब (वि.वि.एस) कै किताब दिएँ । यो नै पहिलो अनि बिहे अघिको अन्तिम उपहार थियो ।
स्नातक पछि म आफ्नो करिअरका लागि काठमाण्डौँ तर्फ लागेँ तिमी पोखरामै त्यस बखत गीतकार शीतल गिरीले लेखेको र प्रमोद खरेलको सुमधूर स्वरमा गाईएको चर्चित गीत _

म बिना कसैकसैलाई मुश्किल छ पोखरामा ।
म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा ।

सुनिरहन्थेँ, यो गीत मेरै लागि बनाइएको हो भन्ने लाग्थ्यो ।

मेरा लागि जागिर छाड्यौ  :

प्रेम सम्बन्ध भनेर त्यस्तो डेटिङ जाने, फिल्म हेर्न जाने भन्ने थिएन । कहिलेकाहीँ भेट्थ्यौँ । फोनमा सुखःदुखका कुराहरु सेयर गरिन्थो । यसैबीच विवाह सम्पन्न भयो । सबैकुरा मन परेरै होला तिमीप्रति आजसम्म मेरो कुनै गुनासो छैन । सरु, मेरा हरेक सपनाहरुमा साथ दियौ, दिनेछौ पनि। मेरा लागि पोखराको जागिर छाडेर इटहरी सम्म आइपुग्यौ । भाग्य बस तत्कालै इटहरीमा पनि पुनःजागिर पाइयो । खुशीको कुरा हो, मेरा लागि आफ्ना सपनालार्इ भुल्न सक्ने तिमी महान हौ ।
साना कुरामा असन्तुष्टि हुदाँ घरायसी सामान्य ठाकठुक जस्तो हुन्छ । मायामा यति त हुनुपर्छ जस्तो लाग्छ मलाई । तर, हामी झगडा गरेर नबोलेको भन्ने छैन, म त सक्दिनँ पनि ।

सबैभन्दा प्यारो सम्बन्ध श्रीमती  : 

मलाई सबैभन्दा प्यारो सम्बन्ध तिमीसंग लाग्छ प्रिय । बा–आमालाई आफन्त भनिदैन, उहाँहरु भगवान् हुनुहुन्छ । उहाँहरुलाई सम्बन्ध नातेदार भनिन्दैन उहाँहरुलाई पूजा गरिन्छ । दिदीबहिनीसंग सम्बन्ध जन्मजात नै हुन्छ । तर, तिमीसंग मेरो केही नजिकको नाता सम्बन्ध नभएता पनि तिमी सदैबको लागि मेरी हौ ।

आफ्नो सारा आफन्तलाई वास्ता नगरी मेरो सबै सुख–दुःखमा अन्तिम श्वास रहेसम्म सहभागी हुँन आउँने तिमी श्रीमती, प्रेमिका, अर्धांगिनी मेरो प्राण हौ ।
अन्त्यमा , आज धेरै नै खुशी छु म । किनकि, आज खास अनि धेरै नै बिशेष दिन हो मेरो लागि । आज मेरो मुटुको जन्मदिन खुशी नहुँने त कुरै भएन । सायद यो दिन तिम्रो जन्मदिन नभएको भए कसरी म तिमीलाई पाउँथे होला र ? धन्यवाद त भगवानलाई म नदिई रहन सक्दिन । किनकि, तिमीलाई मेरो लागि यो धर्तिमा पठाउनु भयो ।

अनि कृतज्ञता प्रकट गर्न चाहन्छु जसले तिमीलाई जन्म दिनुभयो । मेरो अन्तर हृदय देखि जन्म दिनको लाखौं करोडौं अनिगिन्ती शुभकामना प्रिय तिमीलाई । तिम्रो दीर्घायु सु–स्वास्थ्य अनि प्रगतिको कामना ।

तिमीलाई १२५ औं जन्मदिनसम्म शुभकामना ब्यक्त गरिरहन पाँउ । होम क्वारेन्टाइनबाट जन्मदिनको शुभकामना धेरै धेरै शुभकामना प्रिय ।

(रेग्मी समसामयिक बिषयमा कलम चलाउँछन् । यो लेख उनको निजी विचार हो ।)

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कचनकबलमा ‘सेतो सुन’को खेती
विविध

कचनकबलमा ‘सेतो सुन’को खेती

by रासस
बैशाख २८, २०८३
0

झापा : मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका सिमखेतमा यतिबेला चैते धानका बाला होइन, कमल फूलजस्तै फराकिला र...

खोटाङमा राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको काम सुरु
विविध

सङ्खुवासभामा राष्ट्रियपरिचय पत्र बनाउन एक लाख ८५ हजारको विवरण दर्ता

by रासस
बैशाख २७, २०८३
0

सङ्खुवासभा : सङ्खुवासभामा राष्ट्रिय परिचयपत्र बनाउन एक लाख ८५ हजारभन्दा बढी नागरिकको विवरण दर्ता भएको छ। जिल्ला प्रशासन कार्यालय खाँदबारी...

पूर्वी नाकाबाट कफीको आयात बढ्यो

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित

बैशाख २६, २०८३
विराटनगरमा रगतको अभाव

झापा : अस्पतालमा रक्तदान गर्न आएका व्यक्तिमा एचआइभी देखिएपछि…

बैशाख २६, २०८३
त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

बैशाख २५, २०८३
मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

बैशाख २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राष्ट्रिय परीक्षा बोर्डले भन्यो–एसईई जसरी पनि हुन्छ

एक महिनामै प्रकाशित भयो एसईईको नतिजा, कसरी हेर्ने परीक्षाफल ?

बैशाख २८, २०८३
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित) 

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित) 

बैशाख २८, २०८३
सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

वीपी प्रतिष्ठानमा अब सातामा दुई दिन सार्वजनिक बिदा

बैशाख २८, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा छुरा प्रहारबाट युवकको हत्या गरी फरार व्यक्ति पक्राउ 

बैशाख २८, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1554 shares
    Share 622 Tweet 389
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    502 shares
    Share 201 Tweet 126
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    470 shares
    Share 188 Tweet 118

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.