Thursday, August 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरीका कृषकको बारीमा फौजी किराको प्रकोप

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २१, २०७८
in समाचार
0
सुनसरीका कृषकको बारीमा फौजी किराको प्रकोप
150
SHARES
Share on FacebookShare on Twitter

इटहरी : गतवर्ष फौजी किराका कारण उत्पादन घटेपछि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ७ का सरोज यादवले यसपटक मकैबाली लगाएनन् । आफ्नो ३१ कट्ठा जमिनमा मकै लगाउँदै आएका यादवले यसपटक गहुँ लगाए ।

एक कट्ठामा ७ क्वीन्टलसम्म मकै उत्पादन भएपनि गत वर्ष फौजी किराका कारण मकै उत्पादन घटेकाले यसवर्ष गहुँ लगाएको उनी बताउँछन् । ‘मकै क्वीन्टलको तीन हजारसम्म बिक्री हुन्थ्यो, तर गत वर्ष फौजी किराका कारण उत्पादन घटेकाले यस वर्ष गहुँबाली लगाएको हुँ,’ उनले भने, ‘बेसिजनमा पनि मकै उत्पादन हुन्थ्यो तर फौजी किराका कारण समस्या हुने गरेको छ ।’

यादव प्रतिनिधि पात्र मात्र हुन् । यहाँका धेरैजसो कृषकहरूले अहिले लगाउँदै आएको बाली परिवर्तन गरेका छन् । जिल्लामै भोक्राहा नरसिंह मकै बाली राम्रो उत्पादन हुने ठाउँ हो ।

गाउँपालिका अन्तरगत रहेका कृषि विकास शाखाका अनुसार यहाँ करीब ३ सय विघा जमिनमा मकै खेती हुने गरेको छ । पालिकाले गाउँका विभिन्न ठाउँलाई मकै ब्लक क्षेत्र घोषणा गरेर अनुदानका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको कृषि शाखा प्रमुख रेनुका चौधरीले बताइन् ।

ब्लक क्षेत्रमा १ सय ५० विघा क्षेत्रफलमा मकै खेती गरिन्छ । यहाँ स्थानीयका अलावा अन्यत्रका व्यवसायीहरूले जग्गा लिजमा लिएर समेत खेती गर्दै आएका छन् ।

तर, अहिले फौजी किराको प्रकोप ठूलो समस्याको रुपमा खडा भएको स्थानीयको भनाई छ । स्थानीय शंकर मेहता भन्छन्, ‘यसैवर्षबाट मकै खेती सुरु गरेको थिएँ, पहिलो गाँसमै ढुंगा भनेजस्तै भयो ।’

उनले अहिले स्थानीय भेटनरीसँग सल्लाह लिएर मकैमा बिषादि छरेपनि फौजी किराको प्रकोप झन् बढ्दो रहेको बताए ।

वडा नम्बर २ का चन्दन मेहताले खेतमा मकै लगाएको दुई महिनामै पाँच पटक बिषादि छरेपनि किराको असर उस्तै रहेकाले समस्या भइरहेको बताए । उनले करिब १० कट्ठा जमिनमा मकै लगाएका छन् । अघिल्ला वर्षहरूमा थोरै खर्चमै मनग्य आम्दानी हुनेभएपनि यस वर्षभने समस्या भएको बताए ।

यता जुटबाली अनुसन्धान कार्यालय इटहरीका कार्यालय प्रमुख तीर्थनाथ रिजाल र भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका कृषि शाखाका प्रविधिक सहायक रेनुका चौधरी सहितको टोलीले मकैबाली अनुगमन समेत गरेका छन् ।

Tags: #कृषि#सुनसरीफौजी किराभोक्राहा नरसिंह गाउँपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो
FEATURE BREAKING

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

by टाकुरा न्यूज । इटहरी
साउन २८, २०८३
0

इटहरी : इटहरीको स्थानीय विषयवस्तु समेटिएको ‘इटहरीको सेरोफेरो’ नामक पुस्तकमा तथ्यहीन, असत्य र भ्रामक सामग्री राखिएको भन्दै पाँच जना स्थानीयले...

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि
समाचार

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

by रासस
साउन २८, २०८३
0

झापा : जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा ५ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म ९ जनामा...

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

साउन २८, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना मावि प्रकरण : यौनजन्य दुर्व्यवहार आरोपमा पक्राउ परेका चार शिक्षक–कर्मचारी धरौटीमा रिहा

साउन २८, २०८३
भोजपुर : ऐतिहासिक ‘फलाम ढुङ्गा’को पर्यटन विकास योजना अलपत्र

भोजपुर : ऐतिहासिक ‘फलाम ढुङ्गा’को पर्यटन विकास योजना अलपत्र

साउन २८, २०८३
कोशी प्रदेशमा बीमा पहुँच विस्तार गर्न कार्यदल गठनको तयारी

कोशीमा कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले भने- ‘सहकार्य महत्वपूर्ण रह्यो’

साउन २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

साउन २८, २०८३
झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

साउन २८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

साउन २८, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना मावि प्रकरण : यौनजन्य दुर्व्यवहार आरोपमा पक्राउ परेका चार शिक्षक–कर्मचारी धरौटीमा रिहा

साउन २८, २०८३

लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    635 shares
    Share 254 Tweet 159
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    372 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.