धरान : धरान उपमहानगरपालिका वडा नं. ११ मा नेपाली कांग्रेसका लोकेन्द्र फागो ६ मतान्तरले वडाध्यक्षमा निर्वाचित भएका छन् ।
उनले १,३९२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका किरण राईले १,३८६ मत प्राप्त गरे ।
यस्तै, अन्य सदस्यहरूमा सबै नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
महिला सदस्यमा रबिन गुरुङ, दलित महिला सदस्यमा संगीता लोहनी, खुल्ला सदस्यमा कुमार बिक र डम्बर अधिकारी विजयी भएका हुन् ।











Discussion about this post