इटहरी : सुनसरीको हरिनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा गफार अन्सारी र उपाध्यक्षमा रिमझिम कुमारी भगत विजयी भएका हुन् ।
हरिनगर गाउँपालिकाको अध्यक्ष पदमा अन्सारीले ६ हजार १ सय ७२ मत र उपाध्यक्ष पदमा रिमझिम कुमारी भगतले ६ हजार २ सय १३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालय हरिनगरले जनाएको छ ।
अन्सारीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेको तर्फबाट हरिनगर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार लस्करी अन्सारीले ५ हजार १ सय ५४ मत प्राप्त गरे ।
यस्तै, उपाध्यक्षमा नेकपा एमालेकी कोशिला कुमारी साहुलाई ८ सय ७ मतले पछि पार्दै भगत विजयी भएकी हुन् ।














Discussion about this post