इटहरी : इटहरी उपमहानगरपालिकाले आफ्ना थप चार स्वास्थ्य चौकीबाट रेफर दिने भएको छ ।
नवनिर्वाचित मेयर हेमकर्ण पौडेलले पदभार ग्रहण गरेसँगै नगर कार्यपालिकाको पहिलो बैठकले गरेको निर्णय अनुसार अब स्वास्थ्य चौकी हाँसपोसा, पकली, एकम्बा र खनारबाट बीमा रेफर गर्ने व्यवस्था मिलाइएको हो ।
पौडेलले सपथ ग्रहण गरेपछि पहिलो निर्णय अन्तर्गतको यो व्यवस्थालाई इटहरी अस्पतालले कार्यान्वयनमा ल्याएको हो ।
यसअघि इटहरीको मुख्य चौक नजिकै रहेको इटहरी अस्पतालबाट मात्र रेफरको व्यवस्था हुँदै आएकोमा स्वास्थ्य बीमाका सेवाग्राहीहरूको सुविधालाई ध्यानमा राख्दै इटहरीका अन्य चार वटा स्वास्थ चौकीहरूबाट रेफर लिन सकिने भएको हो ।

यो व्यवस्था हुनुअघि जटिल स्वास्थ्य समस्याको लागि अन्यत्र अस्पतालमा जँचाउन जानुअघि रेफर लिन इटहरी अस्पतालमा लामो लाइन बस्नुपर्ने बाध्यता थियो ।
इटहरी अस्पतालले ती स्वास्थ्य चौकीलाई (आज) बुधबारदेखि नै रेफर गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।














Discussion about this post