मोरङ : मोरङको छुट्टा–छुट्टै दुई स्थानबाट अवैध रूपमा भन्सार छलेर नेपाल ल्याउँदै गरेको २४ लाख बराबरको सामान प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १२ बाट अवैध रूपमा भन्सार छलेर चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको करीब एक लाख ९४ हजार मूल्य बराबरको विभिन्न प्रकारका लत्ता कपडाहरू बरामद गरेको हो ।
यस्तै, विराटनगर ६ स्थित केसलिया रोडबाट ना ४ ख १६७८ नम्बरको ट्रकबाट करीब २३ लाख ७५ हजार मूल्य बराबरको ५०० बोरा मकै अवैध रूपमा भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा चालकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका उक्त सामग्रीहरू आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।














Discussion about this post