मोरङ : मोरङको उर्लाबारी नगरपालिका २ बाट निषेधित लागूऔषधसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले चारजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका २ का २० वर्षीय नवीन पुरी, उर्लाबारी ३ का रकि धिमाल, उर्लाबारी २ का उज्वल थापा र २८ वर्षीय सुमित राई रहेका छन् ।
उनीहरूको साथबाट निषेधित औषधि ट्रामाडोल ६ सय ४४ क्याप्सुल र स्पास्पेन ७ सय २० ट्यावलेटसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post