झापा : झापाको मेचीनगर नगरपालिका १४ दुवागढीबाट नियन्त्रित लागूऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ५० वर्षीया जेगुन खातुन रहेकी छन् ।
खातुनले घरैबाट लागूऔषध गाँजा बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले खातुनलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी खातुनको घरबाट प्रहरीले २ केजी ५०० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।
लागूऔषध गाँजासहित पक्राउ परेकी खातुनको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post