झापा : लागूऔषध ब्राउनसगुरसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बुट्टाबारीस्थित देवराज भारतीको घरमा डेरा गरी बस्ने २५ वर्षीया आइसा गिरीलाई ब्राउनसुगरसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
अस्थाई प्रहरी चौकी सालबारीबाट खटिएको प्रहरी टोलीले गिरीलाई लागूऔषध ब्राउनसुगर १ ग्रामसहित नियन्त्रणमा लिएको हो ।
ब्राउनसुगरसहित पक्राउ परेकी गिरीको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post