झापा : झापाको विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगरसहित चारजनालाई पक्राउ गरिएको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ३ झोलुङगे पुलबाट भारतबाट नेपालतर्फ आउँदै गरेको भारत पश्चिम बंगाल दार्जिलिङ थाना खुरीबारी भेलकोजोत बस्ने ४२ वर्षीय निखिल विश्वासलाई ब्राउनसुगर ३ ग्राम ८०० मिलिग्रामसहित पक्राउ गरिएको हो ।
यस्तै, लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका २ चारपाने स्थितबाट सोही स्थान बस्ने ३६ वर्षीय बद्री राजवंशीलाई ब्राउनसुगर ३ ग्रामसहित पक्राउ गरेको छ ।
यता, झापाकै दमक नगरपालिका ९ इट्टाभट्टा स्थितबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को २९ प २२३४ नम्बरको मोटरसाइकलमा सवार रहेका गौरादह नगरपालिका १ बस्ने ३३ वर्षीय भीमबहादुर श्रेष्ठ र ३२ वर्षीय मोहन सिलवाललाई ब्राउनसुगर २५ ग्राम र नगद १० हजारसहित पक्राउ गरेको हो ।
लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।












Discussion about this post