इटहरी : लागूऔषधसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिकाका विभिन्न स्थानबाट लागूऔषध ट्याब्लेट र गाँजासहित छ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध ट्याब्लेट र गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले इटहरी ५ का ३६ वर्षीय अमित मगर, धरान १५ का ४२ वर्षीय गणेश कोइराला, ४० वर्षीय करण तामाङ, ३३ वर्षीय प्रतीक सुब्बा र ४१ वर्षीय अमर राई र धरान १५ का २८ वर्षीय शिशिर श्रेष्ठ रहेका छन् ।
तामाङ, सुब्बा, कोइराला र राईलाई धरान १५ बाट प्रहरीले पक्राउ गरेको हो भने श्रेष्ठ र मगरलाई धरान १० बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट प्रहरीले लागूऔषध ट्रामोल-५०, २ हजार ट्याब्लेट, स्पासपेन १,२५० ट्याब्लेट र गाँजा १ केजी तथा नगद एक लाख १३ हजार समेत बरामद गरेको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post