इटहरी : लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरीका एकजना छन् ।
विराटनगर महानगरपालिका १५ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा इटहरी ९ का ३४ वर्षीय सन्तककुमार खड्का र मोरङको जहदा गाउँपालिका ५ का २१ वर्षीय सुरजकुमार चौधरी रहेका छन् ।
खड्काको साथबाट १.६१ ग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै, चौधरीको साथबाट ४४ मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ ।
ब्राउनसुगरसहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post