धरान : धरानमा ३२ जना सडक मानवको उद्दार गरिएको छ ।
उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम बेघाको नेतृत्वमा धरानका विभिन्न चौक र सडकहरूबाट ५ महिला सहित ३२ जना सडक मानवको उद्दार गरिएको हो ।
‘सडक मानव मुक्त सहर ‘बनाउने उद्देश्यले मध्यरातसम्म धरानको विभिन्न स्थानबाट ३२ जना सडक मानवको उद्धार गरिएको बेघाले जानकारी दिए ।
सडकमा अव्यवस्थित तथा जोखिमपूर्ण तरिकाले बस्दै आएका युवती तथा महिलाहरूलाई उद्धार गरी माया घर नेपाल इटहरी ल्याइएको छ ।
यस्तै, बालबालिकाहरूलाई बालबालिका खोज तथा उद्दार केन्द्र बेलबारी र अन्यलाई भिओसी इटहरी र विराटेश्वर मानव आश्रम विराटनगर पठाइएको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए ।














Discussion about this post