झापा : झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ६ का २८ वर्षीय मोहन राजवंशीको कोठाबाट ५ ग्राम लागूऔषध ब्राउनसुगर बरामद गरेको हो ।
राजवंशीको कोठाबाट लागूऔषध बरामद भएसँगै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
यस्तै, झापाकै भद्रपुर नगरपालिका ५ मेची पुल छेउबाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट मेची पुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ ह ४७३४ नम्बरको टेम्पोलाई चेकजाँच गर्ने क्रममा टेम्पोमा लुकाईछिपाई राखेको १ ग्राम ६१० मिलिग्राम लागूऔषध बरामद गरेको थियो ।
टेम्पोबाट लागूऔषध बरामद भएसँगै चालक बिर्तामोड २ का ३६ वर्षीय लोकराज राजवंशी र टेम्पोमा सवार कन्काई नगरपालिका ८ का २५ वर्षीय अजय राजवंशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post