झापा : झापाको मेचीनगर नगरपालिका १३ र ६ स्थितबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले मेचीनगर १३ फुलबासा चौक बस्ने ४३ वर्षीया भारती राजबंशीको घरबाट १२ ग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान, नेपाली रुपैयाँ ३ लाख ५३ हजार ५ सयसहित बरामद गरेको हो ।
यस्तै, मेचीनगर ६ स्थितमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दमक नगरपालिका १ का २१ वर्षीय मनोज कुमाललाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट ३० ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रतिबन्धित लागूऔषध र नगद बरामद भएसँगै दुवैजनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post