इटहरी (डेस्क) : उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै एमाले मोरङ सचिव रुपेश खतिवडाले पदबाट राजीनामा दिएका छन् ।
पार्टी अध्यक्ष समक्ष राजीनामा लेख्दै खतिवडाले टिकट वितरणमा गैर राजनीतिक कार्य भएको भन्दै जिल्ला सचिवको पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति, सिद्धान्त, विधि पद्धति र प्रकृया विपरीत केही निश्चित व्यक्तिको स्वार्थ अनुकूल गरी सामाजिक सञ्जालमार्फत प्रचार गर्ने कार्य भएको भन्दै आफ्नो असहमति रहेको उनले जनाएका छन् ।
‘नेकपा एमाले मोरङको तर्फबाट उम्मेद्वार सिफारिस गर्दा वा सम्र्वसम्मत गर्दा वा छनौट गर्दा पार्टीको सिद्धान्त, विधि, पद्धती र प्रक्रिया विपरीत केही निश्चित स्वार्थ अनुकूल हुने गरी सामाजिक सञ्जालमार्फत प्रचार गर्ने कार्यप्रति मेरो पूर्ण असहमति रहेको व्यहोरा जानकारी गराउँदछु,’ खतिवडाले सार्वजनिक गरेको राजीनामा पत्रमा उल्लेख छ ।
पार्टीले गर्ने निर्णयहरुका सूचनाहरुमा पदीय जिम्मेवारी अनुसार सचिवको संलग्नता अनिवार्य हुनुपर्नेमा त्यस अनुसार नभएको खतिवडाले लेखेको पत्रमा उल्लेख छ ।












Discussion about this post