मोरङ : नेपाली कांग्रेसका तर्फबाट मोरङ क्षेत्र नं. नम्बर ३ का लागि संयुक्त लोकतान्त्रि गठबन्धनका साझा उम्मेदवार डा. सुनील शर्माले बृहत शान्ति र समुन्नत नेपाल निमार्णका लागि गठबन्धन आवश्यक भएको बताएका छन् ।
मोरङ क्षेत्र नं. ३ को सुनदरहरैँचा नगरपािलका १० मा आयोजित पार्टी प्रवेश तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै डा. शर्माले १२ बुदेँ सम्झौतादेखि सुरु भएको शान्ति प्रक्रियाको काम पूरा गर्न र समुन्नत राष्ट्र निमार्ण गर्न लोकतान्त्रिक बाम गठबन्धन निमार्ण भएको बताएका हुन् ।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा गलत राजनीतिक शक्तिले जितेका कारण संविधानसभाबाट बनेको संविधान नै खतरामा पर्ने अवस्थाको सृजना भएको स्मरण गर्दै शर्माले नेपालको सम्मुनतिका लागि संविधान र लोकतन्त्रका पक्षधर वामपन्थी र लोकतान्त्रिक शक्तिहरू एक हुनैपर्ने अवस्था आएको बताए ।












Discussion about this post