झापा : झापामा लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको अर्जुनधारा नगरपालिकाका दुईजनालाई कमल गाउँपालिकास्थित केर्खाबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ९ का २६ वर्षीय अजय माझी र सोही ठाउँका २८ वर्षीय अर्जुन राजवंशी रहेका छन् ।
इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरीले मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मे ५ प ९८१८ नम्बरको मोटरसाइकलमा सवार माझी र राजवंशीको साथबाट १० ग्राम ब्राउनसुगर र १६ हजार ८५५ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post