झापा : झापाको छुट्टाछुट्टै दुई स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका ३ स्थितमा चेकजाँचको क्रममा मे ५ प ९८१८ नम्बरको मोटरसाइकलमा सवार रहेका अर्जुनधारा नगरपालिका ९ झापाका २६ वर्षीय अजय माझी र २८ वर्षीय अर्जुन राजवंशीलाई १० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
यस्तै, अस्थायी प्रहरी पोष्ट बसपार्क बिर्तामोडबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका ११ स्थित चिया बगाउन छेउमा शंकास्पद अवस्थामा रहेका दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा ११ का ३४ वर्षीय दिनेश दर्जी र ३८ वर्षीय राजकुमार कार्की रहेका छन् ।
उनीहरूको साथबाट २१ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।
ब्राउनसुगरसहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।












Discussion about this post