Saturday, October 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

१५ बर्षीया किशोरीलाई सामूहिक बलात्कारपछि गाउँ निकाला, पीडित भन्छिन्, राती केटाहरु आएर हप्काए

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
जेष्ठ ६, २०७७
in टाकुरा विशेष, विविध, समाचार
0
छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

सांकेतिक तस्वीर ।

1.7k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : विभिन्न ठाउँमा बलात्कार भईरहेका घटना त हाम्रो आँखा अगाडि नै देखिन्छन्, सुनिन्छन् । बलात्कारपछि न्याय नपाएको कुरा पनि समाजमा विद्यमान छ ।

तर, मोरङको बुढीगंगा गाउँपालिकामा भने एक किशोरी बलात्कृत भएपछि न त न्याय पाईन् न त पीडकलाई कुनै सजाय नै भयो । बरु पीडकलाई प्रशासनले उन्मुक्ति दियो । र, ती किशोरीलाई अगुवाहरुको दबाबमा गाउँबाट निकाला गरियो ।

मोरङको बुढीगंगा गाउँपालिका ७ बडहरा का १५ बर्षीया किशोरीमाथि दुई महिना अगाडि ५ जनाको समूहले सामुहिक बलात्कार गरे । स्थानीय लक्ष्मण राई, रोशन राई, इन्द्र राई र अन्य दुईजनाको समूहले बलात्कार गरे ।

ती अन्य दुईजना पाहुना आएको पीडितको भनाई छ । सामूहिक बलात्कारपछि पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । तर, बलात्कारमा संलग्न इन्द्र राई र लक्ष्मण राईलाई प्रहरीले छाडेको पीडितको भनाई छ ।

‘प्रहरी प्रशासनले मुख्य मानिसलाई नै छाडेको छ, पीडित किशोरीकी आमाले टाकुरान्यूजसँग भनिन्, ‘बलात्कारपछि अन्य केटाहरुले राती–राती हाम्रो घरमा आएर जहिल्यै हप्काउने गरे ।’ उनले आफ्नी छोरीलाई बलात्कार गरिएपछि गाउँका अगुवाहरुले नै मिल्न दबाब दिएको बताउँदै भनिन्, ‘सुरुमा चारजनालाई पक्राउ गरिएपनि, पछि दुईजनालाई छाडियो ।’

प्रहरीले ती तीनजनालाई वैशाख ९ गते पक्राउ गरेको थियो । तर, पक्राउ गरेपनि पीडितलाई न्याय नदिलाएको ती पीडित किशोरीकी आमा बताउँछिन् । ‘केटाहरुको आफन्तले गाउँमा बस्न नदिएको अवस्था छ,’ उनले आँखाभरी आँसु पार्दै भनिन्, ‘अहिले इटहरीमा कोठाभाडा गरेर बस्दै आएको छु, समस्या नै समस्या छ ।’

बलात्कृत महिला भनेर हेप्ने गरेको र सामाजिक रुपमा बहिष्कार गरेकोप्रति स्थानीय अगुवाहरुले आफ्नो पक्षमा केही काम नगरेको उनको गुनासो छ । ‘हामीले कहिँ गएर पनि न्याय पाएनौँ,’ उनले भनिन्, ‘सबैले मिल्न दबाब दिए, न्याय त पाउँनुपर्यो नि ।’

उनका अनुसार ती किशोरीको पेटमा अहिले दुई महिनाको बच्चा छ । ‘बच्चा पेटमा हुर्किरहेको छ, छोरी केही पनि खादिँन,’ उनले भनिन्, ‘मानसिक रुपमा कमजोर हुँदै गएको अवस्था छ, बस्दै गरेको ठाउँ नै छाड्नुपर्ने अवस्था आयो ।’

उनले आँफूलाई सुरक्षाको कुनै प्रत्याभूति नभएको बताउँदै टाकुरान्यूजसँग भनिन्, ‘अरुभन्दा पनि हाम्री छोरीको अवस्था नाजुक छ, हामीले विराटनगर मै गएर उजुरी गर्दा पनि हामीलाई उल्टै हप्काइयो ।’ उनले आँफूले न्याय नपाएकोप्रति प्रहरी प्रशासनमा बारम्बार जानकारी गराउँदा पनि नसुन्ने गरेको बताईन् ।

उता, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) रामबहादुर ढकालले भने ५ जनाले सामूहिक बलात्कार गरेको भएपनि दुईजना नाबालक भएका कारण अदालतले नै छाडेको जिकिर गरे ।

उनले टेलिफोन सम्पर्कमा टाकुरान्यूजसँग भने, ‘५ जनामा ४ जना पक्राउ गर्यौँ, एकजना कपिलबस्तु तिरका रहेछन्, ती व्यक्ति गईहाले, दुईजनालाई भने नाबालक भएका कारण अदालतले नै छाडेको हो ।’

उनका अनुसार अहिले दुईजनालाई भने प्रहरीले जबरजस्ती करणीमा मुद्धा चलाइसकेको छ । गाउँबाट नै निकाला गरियो अरे नि भन्ने प्रश्नमा ढकालले भने, ‘हामीसँग उजुरी आउँन पर्यो नि सुरुमा, जिल्लामा आएर भन्नुस् भनेका छौँ, हामी कारबाही गर्छौँ ।’

उनले गाउँबाट निकाला गरिएको उजुरी गरेमा जो कोही भने कानुनी कारबाहीको बाटो अबिलम्बन गर्ने बताए । ‘मान्छेले प्रहरीलाई दोष देखाएर हुँदैन,’ उनले भने, ‘हामीले कारबाही गर्ने पाटोमा अलिकति पनि पछि हट्नेछैनौँ, त्यहाँ बस्न समस्या छ भने हामी कारबाही गर्छौँ ।’

विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

Related Posts

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

धरान : धरान उपमहानगरपालिका–५, देउरालीस्थित मंगल चोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा...

मोरङ कारागारमा विपश्यना ध्यान
विविध

मोरङ कारागारमा विपश्यना ध्यान

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

विराटनगर : कुनै समय संगठित अपराध, आर्थिक असुली र शोषणका कारण चर्चामा रहेको मोरङ कारागारमा अहिले सुधारको प्रयास थालिएको छ...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३
लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३
मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    828 shares
    Share 331 Tweet 207
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.