इटहरी : प्रदेश १ मा नेकपा एमालेलाई बहुमतका लागि सात सिट अपुग भएको छ ।
प्रत्यक्षतर्फ २५ सिट जितेको एमालेले समानुपातिकतर्फ १५ सिट पाउने निश्चित भएको छ । प्रदेशमा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ ।
एमालेसँग तालमेल गरेर चुनावमा गएको राप्रपा र जसपाले जितेको संख्या जोड्दा बहुमत पुग्छ । तर, जसपाले सरकारमा सहभागी हुने विषयमा निर्णय गरेको छैन ।
९३ सदस्यीय प्रदेशसभामा ५६ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने ३७ जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । प्रदेशमा सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ ।














Discussion about this post