मोरङ : मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ बाट सालको काठसहित मिनी ट्रक र ट्याक्टर बरामद गरिएको छ ।
को १ ख ३११९ नम्बरको मिनी ट्रक र प्रदेश ०१–०४–००१ त ०४९६ नम्बरको ट्याक्टरमा कागजपत्र विनाको सालको नयाँ तथा पुरानो गरी करिब ५१ हजार ५०० मूल्य बराबरको काठ बरामद भएको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ७६ क्युफिट काठ ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय मधुमल्लामा बुझाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post