इटहरी : झापाको बुद्धशान्ति गाउँपालिका ३ बुधबारे बजारबाट प्रहरीले तीनजना बेवारिसे बालकहरूको उद्दार गरेको छ ।
आइतबार (आज) दिउँसो बुधबारे बजारमा तीनजना बालकहरू बेवारिसे अवस्थामा रहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले उद्दार गरेको हो ।
१३ वर्षीय एन्जल लिम्बू, ११ वर्षीय सुशील लिम्बू र १० वर्षीय होमन्च मगरलाई बेवारिसे अवस्थामा उद्दार गरिएको प्रहरीले जनाएको छ ।
उद्दार गरिएका तीनै जना बालकहरूलाई जनप्रतिनिधिसहित स्थानीयको सहयोगमा इटहरीस्थित अस्थायी संरक्षण केन्द्रमा ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














Discussion about this post