झापा : झापा गाउँपालिका १ सुकुमबासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने ३ ग्राम ७ सय मिलिग्राम र डिजिटल तराजु १ थान सहित कन्काई नगरपालिका ५ बस्ने २२ वर्षीय गौरव चुडाल समेत दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले मे ८ प ५३४४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ र तराजु सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका ६ भट्टराई चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्राम सहित सोही नगरपालिका बर्मेली टोल बस्ने २८ वर्षीय दिलिप लिम्बुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।












Discussion about this post