झापा : झापाको दमक नगरपालिका १ र ९ बाट प्रतिबन्धित लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फाकफोकथुम गाँउपालिका ४ इलाम घर भई हाल दमक १ कुमाल चोक बस्ने ३९ वर्षीय धनराज आले र दमक –९ की २३ वर्षीया अनिशा कार्की रहेका छन् ।
बुधबार साँझ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे ७ प ५१०७ नम्बरको मोटरसाईकल चालक आलेलाई चेकजाँच गर्दा निजको साथबाट ८ सय मिलिग्राम ब्राउनसुगर फेला पारी नियन्त्रणमा लिएको हो भने सोही दिन दमक ९ मा रहेको चिया दोकानमा बसिहेको अवस्थामा २६ वर्षीय कार्कीलाई चेकजाँच गर्दा कार्कीको साथबाट २ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।
पक्राउ गरेका दुबै जनाको इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको
प्रहरीले जनाएको छ ।












Discussion about this post