झापा : झापाको छुट्टा–छुट्टै दुई स्थानहरूबाट प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोली मेचीनगर नगरपालिका ७ स्थित २३ वर्षीय ओम पोर्तेललाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा पोर्तेलको साथबाट लागूऔषध खैरोहिरोईन १ ग्राम फेला पारी नियन्त्रणमा लिएको हो ।
यस्तै, लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भद्रपुर नगरपालिका ४ स्थित २२ वर्षीय महमद सवर अन्सारीको साथबाट ब्राउनसुगर १६ ग्राम ६ सय मिलिग्राम फेला पारी पक्राउ गरेको छ ।
पक्राउ परेका दुवैजनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post