झापा : झापाको मेचीनगर नगरपालिका १ स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका मेचीनगर नगरपालिका १ का ३० वर्षीय शक्ति प्रधान र २२ वर्षीय सिदार्थ तामाङको साथबाट १ ग्राम २ सय मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post