झापा : अर्जुनधारा नगरपालिका ६ महानन्द चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ११ ग्राम सहित दुई जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका ७ बस्ने २६ वर्षीय विकास राजवंशी र २४ वर्षीय निर्मल भुजेललाई रहेका छन् ।
प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । प्रकाउ परेका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post