इटहरी (डेस्क) : प्रतिबन्धित लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापा र भोजपुरको छुट्टा–छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लमजुङ बेशीसहर नगरपालिका ६ लमजुङ घर भइ काठमाण्डौँ महानगरपालिका ५ बसपार्क मिलन टोलमा डेरा गरी बस्दै आएका २४ वर्षीय युकेन गुरुङ र भोजपुरको देउरालीका २१ वर्षीय रेबन बराईली रहेका छन् ।
गुरुङलाई झापाको भद्रपुर एयरपोर्टबाट काठमाण्डौँ जान लागेको अवस्थामा चेकजाँच गर्ने क्रममा उनको साथबाट लागूऔषध ब्राउनसुगर १२ ग्राम फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले भोजपुर नगरपालिका वडा नं. १० भैंसीपंखा मेजर चोक स्थितबाट लागूऔषध ब्राउनसुगर ९९० मिलिग्रामसहित पक्राउ गरेको हो ।
दुवैको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post