झापा : झापाको विभिन्न स्थानहरूबाट लागूऔषध ब्राउनसुगरसहित पाँचजनालाई पक्राउ गरिएको छ ।
प्रहरी टोलीले ३ ग्राम ४०० मिलिग्राम ब्राउनसुगरसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापा कमल गाउँपालिका ३ का ३५ वर्षीय राज कुमार लावती, १ ग्राम ४०० मिलिग्राम ब्राउनसुगरसहित झापा भद्रपुर नगरपालिका २ गौरीशंकर टोल स्थितबाट सोही स्थान सगरमाथा चोक बस्ने ४० वर्षीय दीपक राई र २० वर्षीय संदेश बास्तोला, ५ ग्राम ब्राउनसुगरसहित झापा गौरीगञ्ज गाउँपालिका १ भाङडाँडा स्थितबाट झापा शिबसताक्षी नगरपालिका ६ बस्ने ३० वर्षीय सन्तोष ताजपुरिया र शिबसताक्षी नगरपालिका ४ बस्ने ३१ वर्षीय विकास श्रेष्ठ रहेका छन् ।
पक्राउ परेका पाँचैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post