विराटनगर : मोरङ र झापाको छुट्टा–छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र औषधिसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको कन्काई नगरपालिका ९ घैलाडुब्बा स्थितमा इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका ५ का २६ वर्षीय रोजन मोहोरा र २४ वर्षीय पवन चौधरीको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर १ ग्राम बरामद भएसंगै प्रहरीले नियन्त्रणमा लिएको हो ।
साथै विराटनगर महानगरपालिका १५ स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका अग्नीसाईर कृष्णासवरण ३ सप्तरीका २० वर्षीय पारस चौधारीको साथबाट ऐभिल, डाईजापाम, फेनारागन र लुपिजेसिक सहित ६४ एम्पुल लागूऔषध बरामद गरिएको छ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post