झापा : झापाको गौरीगञ्ज गाउँपालिका ३ स्थितबाट लागूऔषध गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौरादह नगरपालिका ८ का २४ वर्षीय बबि राजबंशी र गौरीगंज गाउँपालिका ३ का १९ वर्षीय संजीव रौनियार रहेका छन् ।
इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले गौरीगञ्ज ३ स्थितबाट शंकास्पद अवस्थामा रहेका राजवंशीको साथबाट ७०० मिलिग्राम गाँजा बरामद गरेको हो ।
उनी पक्राउ परेसंगै सोधपुछको क्रममा गौरीगञ्ज ३ का रौनियारबाट खरिद गरि ल्याएको भनि खुल्न आएसंगै रौनियारको घरमा खानतलासी गर्दा १ किलोग्राम ९ सय २० ग्राम गाँजा बरामद भएको हो ।
प्रतिबन्धित लागूऔषध गाँजासहित पक्राउ परेका दुवैजनाको इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post