मोरङ : मोरङको सुन्दरहरैचा नगरपालिका १० खोर्साने चोकबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलवार अपरान्ह खोर्साने चोकमा फास्टफुट संचालन गरी बस्दै आएका २८ वर्षीय सुरज थापा मगरले लागूऔषध सेवन तथा बिक्रिबितरण गर्दै आईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा उनको साथबाट २२८ मिलिग्राम ब्राउन सुगर र एक थान मोबाईल फेला पारी पक्राउ गरेको हो ।
ब्राउन सुगर सहित पक्राउ परेका मगरको इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post