झापा : झापामा कुखुराको अण्डाभित्र लागुपदार्थ ल्याउदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल भारत सिमानाको मेची पुलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
शंका लागेर प्रहरीले चेकजाँच गर्दा अण्डा खाली गरी प्लास्टिकमा पोको पारेको अवस्थामा लागूऔषध खैरो हिरोइनसहित उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ३ बस्ने ऐतराज इवा र प्रकाश खाती रहेका छन् । हातमा बोकिराखेको अण्डाको क्यारेटमा लुकाइराखेको लागुपदार्थसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।












Discussion about this post