इटहरी : युवाहरूमा सहकारी भावनाको विकास गर्न किसान कल्याण साकोसले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
किसान कल्याण साकोसले विभिन्न शहरहरूमा साकोसको युवा क्लब गठन गरेको छ ।
किसान कल्याण साकोस युवा क्लब खनारको अगुवाईमा गरिबी न्यूनिकरणमा सहकारीको भुमिका विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।
साकासको खनार सेवा केन्द्रको कार्यक्षेत्र भित्रका ९ वटा विद्यालयका १६ जना छात्रछात्राहरूले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा सरस्वती सतन मा. वि.का प्रेम खत्री प्रथम भएका छन् । यस्तै, खनार सनसाइन एकेडेमीका शुभाङ्ग लुइटेल द्वितीय, न्यु एरा एकेडेमी कि एनुका पोखरेल तृतीय र साई चिल्ड्रेन होमका आकाश पराजुली सान्त्वना भएकी छन् ।
प्रतियोगिताका विजेताहरूलाई इटहरी वडा नम्बर १२ का वडाध्यक्ष भुवनराज पोखरेलले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे ।
संस्थाले युवा सेयर सदस्यहरूलाई सहकारीमा सक्रिय बनाउने उदेश्यले सबै सेवा केन्द्रहरूमा युवा क्लब गठन गरी सृजनात्मक कार्यक्रमहरू गर्ने गरेको किसान कल्याण साकोसका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले बताए ।













Discussion about this post