विराटनगर : मोरङको छुट्टा–छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार (आज) दिउँसो १२ बजेतिर विराटनगर महानगरपालिका १५ ढाट स्थित लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०४–००१ प ८६५१ नम्बरको मोटरसाइकललाई जेकजाँच गर्दा मोटरसाइकल चालक धरान उपमहानगरपालिका ५ का २९ वर्षीय उज्वल हल्वाईको साथबाट १.७२ ग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।
यस्तै, इलाका प्रहरी कार्यालय रानीबाट चेकजाँचको लागि खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १६ दरैयामा भारतबाट नेपालतर्फ आउँदै गरेको को ३१ प ६६५३ नम्बरको मोटरसाइकल चालक ट्याम्केमैयुम गाँउपालिका २ भोजपुरका ३४ वर्षीय प्रबिन राईको साथबाट ०.२२ ग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।
लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।












Discussion about this post