धरान : धरान १७ स्थित आदर्श चोकमा सोमबार भएको ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाण्डौँ लगिएको छ ।
कोठाभाडामा बस्दै आएकी अञ्जना राईले प्रयोग गर्दै आएको ग्यास सिलिन्डर विस्फोट हुँदा ४२ वर्षीय अञ्जनासहित ८ जना घाइते भएका थिए । घाइतेहरूलाई तत्काल धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको थियो ।
सिलिन्डर विस्फोट भएर घाइते भएका २७ वर्षीय सविता राई, २२ वर्षीय सोनिका राई, १९ वर्षीय अनिष कार्की, १८ वर्षीय वासुदेव खड्का, ६५ वर्षीय रामकुमारी राई र अञ्जनालाई थप उपचारका लागि काठमाण्डौँ पठाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी नवराज मल्लले जानकारी दिए ।
उनका अनुसार विस्फोट परि गम्भीर घाइते भएका सविता र सोनीका लाई सिम्रिक एयरको हेलिकोप्टरबाट बर्न अस्पताल कीर्तिपुर पठाइएको छ ।
त्यस्तै, घाइते भएका अनिष र वासुदेवलाई पनि मनाङ एयरको हेलिकोप्टरबाट काठमाडौँ पठाइए हो । घाइते ४२ वर्षीय अञ्जना राई, ६५ वर्षीय रामकुमारी राईलाई भने आफन्तहरूले विराटनगर विमानस्थलबाट हवाईजहाजमार्फत काठमाडौँ लगेका छन् ।
घाइते मध्ये अन्य २ जना बालबालिका भने प्रतिष्ठानबाटै डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरूमा ८ वर्षीय साङ्केन राई, १० वर्षीय सुमिहाङ राई रहेका छन् ।
ग्यास सिलिण्डर लिक भएको आशंका भएपछि सिलिण्डर मर्मत गर्ने मानिस बोलाएर बनाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यो पनि – धरानमा ग्यास सिलिन्डर विस्फोट, इटहरीका चारसहित ८ जना घाइते












Discussion about this post