इटहरी : इटहरीमा लागूऔषधसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार शुक्रबार राति ८ बजेतिर इटहरी ४ मा लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा झापाको दमक १ का मदन लिम्बू रहेका छन् ।
उनले बोकेको झोलाभित्र लुकाएर राखेको अवस्थामा प्रहरीले लागूऔषध बरामद गरेको छ । उनको साथबाट लुपिजेसिक ४६ एम्पुल, डाइजेपाम ८६ एम्पुल, फेनारेगन ४६ एम्पुल बरामद गरिएको खड्काले जानकारी दिए ।
लागूऔषधसहित पक्राउ परेका उनलाई आइतबार सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।












Discussion about this post