विराटनगर : मोरङ र झापाको छुट्टा-छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर १५ स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा विराटनगर ६ का आयुफ अलीलाई ०.४५ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।
यस्तै, झापाको मेचीनगर नगरपालिका ६ स्थितमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुईजनालाई पक्राउ गरेको छ ।
अर्जुनधारा नगरपालिका ११ का ३६ वर्षीय सागर गिरीको साथबाट १ ग्राम ७ सय मिलिग्राम र मेचीनगर ६ कि २० बर्षीया सन्ध्या दर्जीको साथबाट ३ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिबन्धित ब्राउनसुगरसहित पक्राउ परेका उनीहरूको सम्बन्धित कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post