मोरङ : झापा र मोरङको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र औषधिसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला ईलाम पेल्टिमारी गाँउपालिका ३ घर भइ सुन्दरहरैँचा १० त्रिवेणी चोकस्थित डेरा गरी बस्दै आएका २४ वर्षीय सुष्मिता लिम्बूलाई लागूऔषधसहित पक्राउ गरिएको छ ।
शंकास्पद अवस्थामा फेला पारी उनको कोठामा चेकजाँच गर्दा उक्त कोठाबाट लुकाई छिपाई राखेको स्पासपेन ८५ पिस र ट्रमाडोल ८५ पिस ट्याबलेट गरी १७० पिस नियन्त्रित औषधि बरामद गरेसँगै लिम्बू र सोही कोठामा बस्दै आएका झापा पेल्टिमारी ३ का २१ वर्षीय सुजल तामाङ र मोरङको सुन्दरहरैँचा १० का २३ वर्षीय प्रेम खड्का समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसैगरी झापाको मेचीनगर नगरपालिका ६ स्थितमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर १० धुलाबारीका २४ वर्षीय खातिबुल महमदलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाँउपालिका १ स्थितबाट २२ वर्षीय समीर भनिने देवेन्द्र चौधरीलाई २ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरूको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भइरहेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।












Discussion about this post