विराटनगर : झापा र मोरङको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका १५ स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका प्रदेश १–०२–०४५ प १३८७ नम्बरको मोटरसाइकल चालक विराटनगर ४ का २३ वर्षीय निश्चल गुरुङको साथबाट ३२ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।
त्यसैगरी विशेष सूचनाको आधरमा प्रहरी चौकी केर्खा झापाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका ४ का ४२ वर्षीय इन्द्रबहादुर लिम्बूको साथबाट ४ सय २० मिलिग्राम र २३ वर्षीय सतिष तामाङको साथबाट २ सय २० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post