इटहरी : इटहरीमा लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इटहरी ४ कचना टोलस्थित सार्वजनिक बाटोमा लागूऔषध गाँजा खरिद बिक्री भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा दुईजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काले जानकारी दिए ।
पक्राउ पर्नेमा इटहरी ४ बस्ने भीम तामाङ र उदयपुरको बेलका नगरपालिका ४ का सुमन नेपाली रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले प्र १–०२–०४७ प ११५४ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
साथै, ९३० ग्राम गाँजा समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवैजनामाथि सुनसरी जिल्ला अदालतबाट लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post