धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँ पुगेर एक सय वटा योजनामा बजेट माग गरेका छन् ।
चैत २० देखि २२ गतेसम्म काठमाडौँ बसेका मेयर साम्पाङसहित उपमेयर आईन्द्र विक्रम वेघा लगायतको टोलीले संघीय मन्त्रालयमा आगामी आर्थिक वर्ष २०८०।८१ का लागि संघीय बजेट तथा कार्यक्रममा समावेश गर्नको प्रस्ताव पेस गरिएको हो ।
योजना तथा कार्यक्रमहरूको बुँदागत प्रस्ताव बुझाइएकोबारे बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइयो । मेयर साम्पाङले सप्तकोसी नदीको पानी धरान ल्याउने महत्वपूर्ण योजना बनाएका छन् ।
सोही योजनाअनुरुप धरानमा खानेपानी ल्याउने योजनादेखि जलाशय निर्माण, हेलिप्याड निर्माण, बेसार फ्याक्ट्री, साबुन फ्याक्ट्री, कपास खेती लगायतका योजनामा बजेट माग गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
साथै, उपमहागरमा केही समयदेखि मेयर हर्क र कार्यपालिका सदस्यबीच भइरहेको मनमुटावको विषयमा भने अहिले कुनै विवाद नरहेको साम्पाङले बताए ।
कार्यपालिका सदस्य र आँफूमा केही विवाद भएपनि आँफूले वार्ताको माध्यमबाट समाधानको पक्षमा रहेको उनले बताए ।














Discussion about this post