इटहरी : सुनसरीको बर्जु गाउँपालिका ३ केसलिया पुल स्थितबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेका सामान प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी अमडुवा सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले केसलिया पुल भित्री सडक खण्डको बाटो हुँदै अवैध रूपमा भन्सार छली, चोरी, निकासी गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको विभिन्न प्रकारका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामानको मूल्य एक लाख ८ हजार बराबरको रहेको प्रहरीले जनाएको छ ।
बरामद भएका सामान आवश्यक कारबाहीको लागि कोसी व्यारेज भन्सार कार्यालय बुझाइएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।














Discussion about this post