झापा : झापाको कनकाई नगरपालिका २ जामुनखाडी सिमसार स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार स्थानीय ४० वर्षीय भानु दाहालको घर कोठाभित्र लागूऔषध सेवन भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले घर कोठा चेकजाँच गर्दा लुकाई राखेको अवस्थामा ५ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगर, नगद ३४ हजार, ३ थान मोबाईल र मे ९ प ९२९६ नम्बरको पल्सर मोटरसाइकलसँगै तीनजनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा उनै दाहाल, इलामको माई नगरपालिका ८ का ३९ वर्षीय आशबहादुर लिम्बू र ३२ वर्षीय उमेश राई रहेका छन् ।
पक्राउ परेका उनीहखको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post