इटहरी : मोरङ र सुनसरीको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर तथा औषधिसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर १५ स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले चेकजाँचको क्रममा को १९ प ६५९० नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका तुम्बेवा पाँचथरका ३० वर्षीय भानु लावतीलाई ६५ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
यस्तै, इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी ३ का २७ वर्षीय सनम लिम्बूलाई प्रतिबन्धित औषधि ट्रामाडोल र स्पास्पेन गरी ३ सय १० क्याप्सुलसहित उनकै घरबाट पक्राउ गरेको छ ।
यसैगरी लागूऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १४ का ४३ वर्षीय कुमार बस्नेत, उनकी ३६ वर्षीया श्रीमती विमला बस्नेत र १८ वर्षीय छोरा दीपेश बस्नेतलाई ४ ग्राम ब्राउनसुगर र नाईट्रोजेपाम ५५ ट्याब्लेटसहित घरबाटै पक्राउ गरेको हो ।
प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post