इटहरी : स्रोत नखुलेको रकमसहित इटहरीका दुई युवकलाई पक्राउ गरिएको छ ।
सुनसरीको कोसी गाउँपालिका ८ स्थित सीमा इलाकाबाट मंगलबार सशस्त्र प्रहरीले ४ लाख ३४ हजार ७ सय २० नेपाली रुपैयाँ र ५९ हजार ६ सय १० भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका इटहरी उपमहानगरपालिका १२ बस्ने १८ वर्षीय सुरेश लिम्बू र १७ वर्षीय विकास मण्डललाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर (बिओपी हरिपुर)ले रकमसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post