झापा : झापाको दमक नगरपालिका ९ स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध खरिद बिक्री भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चारजनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार दमक ९ का २८ वर्षीय अरुण दनुवार र २३ वर्षीय अस्विन राईको कोठाबाट ३ सय मिलिग्राम ब्राउनसुगर, डिजिटल तराजु १ थान र नगद ६० हजार ७ सय ५० रुपियाँ बरामद गरिएको छ ।
यस्तै, दमक १ स्थितबाट कमल गाउँपालिका ६ का २५ वर्षीय न्यूसन राई र दमक २ का २० वर्षीय अभिषेक राईलाई ८ सय मिलिग्राम ब्राउनसुगर, डिजिटल तराजु १ थानसहित पक्राउ गरेको हो ।
प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post