झापा : झापाको दमक नगरपालिका ९ बरगाछीबाट प्रतिबन्धित लागूऔषध ब्राउनसगुरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दमक ४ का ३० वर्षीय रोशन विश्वकर्मा र ३० वर्षीय कैलाश कुर्मी रहेका छन् ।
उनको साथबाट २ ग्राम ब्राउनसुगर बरामद गरेको हो । लागूऔषध ब्राउनसुगर बरामद गरेसँगै दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post