इटहरी : झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको चन्द्रगढी विमानस्थलबाट २ जनालाई प्रहरीले ७६ ग्राम ३४० मिलि ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।
बुद्ध एयरको विमानद्वारा काठमाण्डौँ जान लागेका झापा मेचीनगर घर भएकी वर्ष २१ की सोनी श्रेष्ठ राजवंशी र उनको दिदी वर्ष २३ की संध्या श्रेष्ठको शरीर खानतलासीको क्रममा उक्त परिणामको लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसैगरी सुनसरीको धरान ११ का स्थानीय २३ वर्षीय युवराज लिम्बूलाई लागूऔषध ट्याब्लेटसहित प्रहरीले पक्राउ गरेको छ ।
लिम्बूको साथबाट प्रहरीले ३८० ट्याव्लेट ट्रामाडोल, स्पास्पेन १००० ट्याव्लेट, ३ थान खुकुरी र १ थान तरबारसहित पक्राउ गरेको छ ।
यस्तै, धरान १६ का २३ वर्षीय निशान राईलाई ट्रामाडोल ८९ ट्याव्लेट र स्पास्पेन ९० ट्याव्लेटसहित प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषधसहित पक्रउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post